चाँदी सहित एक जना पक्राउ

सर्लाही, २०७७ साउन १६ गते
    मलंगवा नगरपालिका-५ दशगजा एरियाबाट ७ सय ग्राम चाँदी सहित भारत घर भएका २५ वर्षीय संदिप साहलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी भाडसरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट उक्त परिमाणको चाँदी फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।