एकनाले भरुवा बन्दुक सहित पक्राउ

पाल्पा, २०७७ साउन १७ गते
    रैनादेविछहरा गाउँपालिका-६ गुहारठाना बस्ने २१ वर्षीय तिलक बहादुर रास्कोटीलाई १ थान एकनाले भरुवा बन्दुक सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी बल्डेङगढीबाट खटिएको प्रहरीले उनलाई बाँदर धपाउन भन्दै उक्त बन्दुक लिएर हिँड्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।