अवैध लागूऔषध गाँजा सहित ३ जना पक्राउ

काठमाडौं, २०७७ साउन १८ गते
  मकवानपुर, राक्सीराङ गाउँपालिका-५ बस्ने ३६ वर्षीया श्री कुमारी प्रजालाई ५ केजी अवैध अवैध लागूऔषध गाँजा सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मनहरी गाउँपालिका-७ पेन्चिस्थित चैनपुरबाट मनहरीतर्फ आउने बाटोमा लागूऔषध लुकाई छिपाई ल्याईरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
    कास्की, पोखरा महानगरपालिका-११ रानीपौवा बस्ने १९ वर्षीय राजेश परियार लगायत २ जनालाई करिब ७ सय ५० ग्राम अवैध लागूऔषध गाँजा सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोही महानगरपालिका-१३ कांहु डाँडामा ग.८ प ५२०० नम्बरको मोटरसाइकल वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त अवैध लागूऔषधसहित पक्राउ गरेको हो ।
     यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।