जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बाँके, २०७७ साउन १८ गते
    नेपालगंज उपमहानगरपालिका-१९ मदनपुर बस्ने ३५ वर्षीय प्रेम पुन मगरलाई २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सोही उपमहानगरपालिका-२० स्थित खेतमा ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाँके र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको

हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।