छिमेकीको हत्या गरेको अभियोगमा पक्राउ

सर्लाही, २०७७ कात्तिक ३० गते
    छिमेकी २८ वर्षीय अजय पासवानलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा मलंगवा नगरपालिका-६ खुटौना बस्ने ३६ को बिनोद पासवानलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
बिनोदले धारिलो हतियार प्रहार गर्दा अजयको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी खुटौना र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।