जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

सुनसरी, २०७७ मङ्सिर ५ गते
    १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा हरिनगर गाउँपालिका-६ घुस्की बस्ने १९ वर्षीय सज्जाद अंसारीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
अंसारीले ती किशोरीलाई उनकै घरमा गई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।