चोरी गरेको अभियोगमा ४ जना पक्राउ

सिन्धुपाल्चोक, २०७७ मङ्सिर ६ गते
    धनमाल चोरी गरेको अभियोगमा चौतारा साँगागढी नगरपालिका-१२ बाट धादिङ थाक्रे गाउँपालिका-३ बस्ने ३२ वर्षीय चैञ्चल तामाङ लगायत ४ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
जनजागृत माध्यमिक विद्ययालयको खुल्ला चौरमा राखिएको लिफ्टीङ खानेपानी आयोगको करिब १२ लाख मूल्य बराबरको पितलको ज्यारबल १० बाकस चोरी गरेको अभियोगमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
चोरीमा संलग्न अन्य ४ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।