अवैध लागूऔषध गाँजा सहित पक्राउ

सिन्धुली, २०७७ मङ्सिर ६ गते
   कमलामाई नगरपालिका-७ गडौली पुल नजिकबाट करिब ५ किलो ३ सय ग्राम अवैध लागूऔषध गाँजा सहित सोही  नगरपालिका-१० बस्ने ३३ वर्षीय सोम पुलामी लगायत ३ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले ज.१ ह ४२३० नम्बरको अटो जाँच गर्ने क्रममा चामलको खाली बोरा र  झोलामा लुकाई ल्याएको उक्त लागूऔषध गाँजा सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।