नियन्त्रित लागूऔषध सहित पक्राउ

काठमाडौं, २०७७ फागुन १० गते
 चन्द्रागिरी नगरपालिका-२ स्थितनागढुङ्गाबाट नियन्त्रित लागूऔषध ३ हजार ट्याब्लेट नाइट्राजेपाम, ३ सय एम्पुल नुर्फिन, ३ सय एम्पुल डाइजेपाम र ३ सय एम्पुल प्रोमेथाइजिन सहित रौतहट बौधिमाई नगरपालिका-३ बस्ने १९ वर्षीय विबेक महतोलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले रौतहटबाट काठमाडौंतर्फ आउँदै गरेको ना.६ ख ७१९४ नम्बरको यात्रुबाहक बस जाँच गर्ने क्रममा बसमा सवार महतोको साथमा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।