मोटर ट्रान्सपोर्ट अफिसर तालिम समापन

काठमाडौं, २०७७ फागुन ११ गते
 राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा सञ्चालित तेश्रो समूहको मोटर ट्रान्सपोर्ट अफिसर तालिम मंगलबार समापन भएको छ ।
उक्त तालिम समापनका अवसरमा आयोजित कार्याक्रममा सोही महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ई. नरोत्तमलाल प्रधानले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गर्दै तालिमबाट सिकेको ज्ञान, सिपलाई प्रभावकारी एवं जिम्मेवार ढंगले कार्यक्षेत्रमा  कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।
जम्मा २१ दिन कार्यावधिको उक्त तालिममा प्रहरी नायव निरीक्षक ३ जना र प्रहरी सहायक निरीक्षक १९ जना गरी जम्मा २२ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।