बाघको जस्तो दखिने छाला सहित २ जना पक्राउ

दाङ, २०७७ फागुन ११ गते
 तुलसीपुर उपमहानगरपालिका-३ गोटिखोलाबाट बाघको जस्तो देखिने १ थान छाला सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सल्यान बाघचौर नगरपालिका-९ बस्ने २९ बर्षीय सन्दिप डाँगी र सल्यान शारदा नगरपालिका-१५ बस्ने ३७ बर्षीय ईन्द्र बहादुर थापा बिश्वकर्मा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरुलाई लुकाई ल्याएको उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।