अबैध लागूऔषध सहित पक्राउ

सुनसरी, २०७७ फागुन ११ गते
 धरान उपमहानगरपालिका-३ भृकुटीपथबाट अबैध लागूऔषध ५ ग्राम खैरो हेरोईन सहित ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय विनय तामाङ, २५ वर्षीय उत्सव श्रेष्‍ठ र ३० वर्षीय उमेश श्रेष्‍ठ रहेका छन् । ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले विनयलाई उनकै कोठाबाट उक्त पदार्थ बिक्री गर्ने प्रयोजनको लागि प्लाष्‍टिकमा प्याकिङ गर्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध उत्सव र उमेशसँग मिलेर बिक्री गर्न ल्याएको खुल्न आएपछि उनीहरूलाई समेत प्रहरीले पक्राउ गरेको हो ।
यसैगरी, धरान उपमहानगरपालिका-८ लाङघाली चोकबाट नियन्त्रित लागूऔषध ४ बोतल डाईलेक्स डिसी, १ सय ६५ ट्याब्लेट नाईट्रोसन र ७२ क्यापसुल स्याप्पसो प्रोक्सीभोन सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४५ वर्षीय यज्ञ बहादुर खडका र २९ वर्षीय आकाश श्रेष्‍ठ रहेका छन् । ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी, धरान उपमहानगरपालिका-७ स्थित सडकबाट अबैध लागूऔषध १ ग्राम ६ सय मिलिग्राम खैरो हेरोईन सहित सोही उपमहानगरपालिका-१३ बस्ने २६ वर्षीय ओम प्रकास कार्कीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी, धरान उपमहानगरपालिका-१५ सयपत्री मार्गबाट अबैध लागूऔषध १ ग्राम ८ सय मिलिग्राम खैरो हेरोईन सहित सोही ठाउँ बस्ने ४० वर्षीय कृष्ण थापामगरलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
उनीहरूउपर जिल्ला अदालत सुनसरीबाट लागूऔषध मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।