जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं, २०७७ फागुन २४ गते
 कपिलवस्तु, ८५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कपिलवस्तु नगरपालिका-४ कोदहवा बस्ने १८ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती महिलालाई सोही ठाउँस्थित गहुँबारीमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
धनुषा, ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मिथिला नगरपालिका-५ विशरामपुर बस्ने ६५ बर्षीय कुमार बहादुर मगरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मगरले सोही ठाउँस्थित कुखुरा फर्ममा ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।