जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

सप्तरी, २०७७ चैत १२ गते
   ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा हनुमाननगर कंकालिनि नगरपालिका-४ बस्ने २८ वर्षीय संजय मण्डललाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
संजयले ती महिलालाई आइतबार राति उनकै घरमा गई डर धम्की दिई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।