चक्कु प्रहार गरी छिमेकीलाई घाइते बनाएको अभियोगमा पक्राउ

धनुषा, २०७७ चैत १७ गते
  मिथिला नगरपालिका-८ कुसुम बिछौना बस्ने २९ वर्षीय रोशन महतोलाई धारिलो हतियार चक्कु प्रहार गरी घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने २८ वर्षीय प्रमोद कुमार महतोलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
होली खेल्ने विषयमा विवाद हुँदा अचानक चक्कु प्रहार गरी गम्भीर घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट बडहरी र ईलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको प्रहरीले चक्कु प्रहार गर्ने प्रमोदलाई पक्राउ गरेको हो । घाइते रोशनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भईरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।