जवरजस्ती करणी गरको अभियोगमा पक्राउ

नुवाकोट, २०७७ चैत २४ गते
 १५ वर्षीया किशोरीलाई जवरजस्ती करणी गरको अभियोगमा बिदुर नगरपालिका-५ देविघाटमा डेरा गरी बस्ने गोरखा भिमसेन गाउपालिका-६ अश्रमझिगटे घर भएका ४७ वर्षीय कलमदिन मियाँलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
ती किशोरीलाई देविघाटस्थित टहरोभित्र जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी देवीघाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।