अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं, २०७७ चैत २४ गते
  कञ्चनपुर, भिमदत्त नगरपालिका-४ कलश होटेल नजिकबाट ०.७२ ग्राम अवैध लागूऔषध चरेश र ०.१५ ग्राम अवैध लागूऔषध खैरो हेरोइन सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोरी र भिमदत्त नगरपालिका-१४ बस्ने १९ वर्षीय संजोक भण्डारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा संजोक भण्डारीको साथबाट उक्त चरेश र किशोरीको साथबाट उक्त खैरो हेरोइन फेला पारी पक्राउ गरेको हो ।
बारा, पचरौता नगरपालिका-३ भठ्ठि बैरियाबाट करिब १३ केजी अवैध लागूऔषध गाँजा सहित सोही नगरपालिका-९ कुडवा बस्ने ३३ वर्षीय मंगनि मुखियालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट पथलवाघाटबाट खटिएको प्रहरीले मुखियालाई उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।