अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं, २०७७ चैत २५ गते
 बारा, निजगढ नगरपालिका-१२ चोहारबाट करिब १ केजी अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने २० वर्षीय अबी वाइबालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट रतनपुरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा अबीलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
उदयपुर, त्रियुगा नगरपालिका-१० बोक्से बस्ने ३२ वर्षीय मान बहादुर खड्कालाई २ ग्राम ४ सय २७ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा लागूऔषध रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।