छिमेकीको कुटपिटबाट एक जनाको मृत्यु

धनुषा, २०७७ वैशाख ११ गते
 जनकनन्दनी गाउँपालिका-६ कठाल टोल बस्ने ७८ वर्षीय हरिप्रसाद यादवको छिमेकीको कुटपिटबाट शुक्रबार दिउँसो मृत्यु भएको छ । जग्गाको बिषयमा सोही ठाउँ बस्ने ६५ बर्षीय बिनोद रान यादव सहित ४ जनाले हरिप्रसादलाई कुटपिट गर्दा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
कुटपिटमा संलग्न हाल फरार रहेका बिनोद लगायत ४ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।