तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

कास्की, २०७८ वैशाख २१ गते
 पोखरा महानगरपालिका-५ जागृती मार्गस्थित रमेश कुमार श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१७ घारीपाटन बस्ने ३५ वर्षीया माया पुन लगायत ५ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४५ हजार ५ सय ४५ रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।