यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ

ओखलढुंगा, २०७८ वैशाख २१ गते
 १५ वर्षीया किशोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा सुनकोशी गाउँपालिका-४ डिन्डुक टोल बस्ने ५० वर्षीय सुइमरे भन्ने राजेन्द्र राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
राजेन्द्रले ती किशोरीलाई गत बुधबार यौन दुर्व्यवहार गरेको भने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।