जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बारा, २०७८ वैशाख २१ गते
 सत्र वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा निजगढ नगरपालिका-७ बस्ने बारागढी गाउँपालिका-२ घर भएका ३५ वर्षीय हितलाल हजरालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
हितलालले ती किशोरीलाई विवाह गर्छु भनि ललाई फकाई निजगढ नगरपालिका-७ स्थित केरा बारीमा शुक्रबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।