जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

काठमाडौं, २०७८ साउन ६ गते
 कीर्तिपुर नगरपालिका-५ पांगा बस्ने रमेश महर्जनको टहरोमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४५ वर्षीय रामशरण महर्जन लगायत ५ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५० हजार १ सय १० रुपैयाँ र ६ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।