बाघको छाला सहित २ जना पक्राउ

दाङ, २०७८ साउन ६ गते
 घोराही उपमहानगरपालिका-३ घोराही लमही सडकबाट १ थान बाघको जस्तो देखिने छाला सहित जाजरकोट भेरी नगरपालिका-९ बस्ने ३२ वर्षीय राम बहादुर दमाई लगायत २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।