कस्तुरीको विना सहित पक्राउ

काठमाडौं, २०७८ साउन ६ गते
 काठमाडौं महानगरपालिका-६ बौद्धस्तुपाबाट १ थान कस्तुरीको विना सहित काठमाडौं महानगरपालिका-६ तिनचुली चोक बस्ने ताप्लेजुङ ओलाङचुङ गोला फात्लालुङ गाउँपालिका-७ घर भएका ३५ वर्षीय पेम्बा छिरिङ शेर्पालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त विना सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।