जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

तनहुँ, २०७८ साउन १० गते
  उन्नाइस वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भानु नगरपालिका-३ चाम्बास बस्ने २४ वर्षीय अशोक गुरुङ लगायत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ती किशोरीलाई गुरुङ लगायत ५ जनाले सामुहिक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरीले गुरुङ समेत २ जनालाई पक्राउ गरेको हो ।
घटनामा संलग्न हाल फरार ३ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।