लागू औषधसहित पक्राउ

काठमाडौं, २९ असार
    तनहुँ : गोर्खा घर भई हाल आँबुखैरहनी नगरपालिका–६ डेरागरी बस्ने ३६ वर्षीय धन बहादुर कुमाललाई प्रहरीले लागु औषध १ सय ८२ थान डाईजेपाम, १ सय ८१ थान फेनारागन र १ सय ७९ थान नोर्पिmन सहित पक्राउ गरेको छ ।
    बाँके : नेपालगंज नगरपालिका–१२ बस्ने २३ वर्षीय बिकास पडवल र जिवन गुप्तालाई प्रहरीले लागू औषध नाईटोभेट १४ थान , कोरेक्स १ बोतल र १५ ग्राम गाँजासहित पक्राउ गरेको छ ।
    रुपडियाबाट नेपालगंजतर्फ भे.४ प ५४९ नम्बरको मोटरसाइकमा आउँदै गरेका उनीहरुलाई मंगलबार प्रहरीले चेकजाँच गर्दा उक्त लागू औषध बरामद भएको थियो ।
    पर्सा : बारा गढीमाई नगरपालिका–१ बस्ने १९ वर्षीय बविन सुब्बा र सोही ठाउँ बस्ने १८ वर्षीय निमेश लामालाई प्रहरीले बीरगन्ज उपमहानगरपालिका–२८ बाट सोमबार ३० थान नाईट्रोभेट ट्याब्लेट सहित पक्राउ गरेको छ ।
    यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।