मृत अवस्थामा फेला

काठमाडौँ, २९ असार
    मोरङ : टंकी–७ स्थित निर्माणधिन हाईटेक्स कार्पेट प्रा.लि.मा काम गर्ने बारा गढीमाई नगरपालिका–१ सिमरा घर भएका ४५ बर्षीय भिम प्रसाद सुवेदी मंगलबार राति मादक पदार्थ सेवन गरी फयाक्ट्री भित्र सुतेकोमा बुधबार विहान सुतेको स्थानमा मृत अवस्थामा फेला परेका छन् ।      दोलखा : भिमेश्वर नगरपालिका–८ कमनीचौरमा बुधबार नाम,थर,वतन खुल्न नसकेको अंदाजी ४६ बर्षीय पुरुष व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।