सवारी दुर्घटनामा मृत्यु

काठमाडौँ, २९ असार
    मकवानपुर : हेटौडा उपमहानगरपालिका–९ मास्टर चोक स्थित महेन्द्रराजमार्गमा ना.१२ प ८१० नम्वरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २७ बर्षीय दिपेन कार्की गम्भीर घाइते भएकोले चुरेहिल अस्पताल हेटौडा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको छ ।
    नवलपरासी : बर्दघाट नगरपालिका–४ बाँखखोला स्थित महेन्द्र राजमार्गमा ना.६ ख ६२१ नम्वरको ट्रक अनियन्त्रित भई नालामा खसेर दुर्घटना हुँदा चालक दाङ बिजौरी बस्ने २६ बर्षीय भोला थापा गम्भीर घाइते भएकोले दाउन्ने देवी अस्पताल बर्दघाट लगिएकोमा मृत्यु भएको छ ।