करेन्ट लागेर मृत्यु

झापा, २९ असार
    गौरादह नगरपालिका–३ बस्ने ४२ बर्षीय दिल बहादुर राईको करेन्ट लागेर मृत्यु भएको छ । बुधबार मोटरबाट खेतमा पानी लगाउने क्रममा करेन्ट लागेका उनलाई उपचारको लागि दमकतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।