दुईतला माथिबाट लडेर मृत्यु

भक्तपुर, २९ असार
    मध्यपुर ठिमी नगरपालिका–१ सुर्यमणि बस्ने ४२ बर्षीय कृष्ण राना ग्वाँचाको दुई तला माथिबाट लडेर मृत्यु भएको छ ।
    सोही नगरपालिका–१५ कौशलटार स्थित शान्ति अधिकारीको निर्माणधिन दुईतले घरको माथिल्लो तलामा काम गरिरहेको अवस्थामा बुधबार अचानक लड्दा गम्भीर घाइते भएका उनको नागरिक अस्पताल गठठाघरमा उपचारको क्रममा मृत्यु भएको थियो ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।