आगलागीबाट क्षति

खोटाङ, २९ असार
    दिक्तेल नगरपालिका–२ बस्ने लक्ष्मी पाण्डेको दुई तले घरमा बुधबार करेन्ट सर्ट भएर आगलागी हुदाँ करीव ५० लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।
    स्थानीय बासिन्दाको सहयोगमा आगलागी प्रहरीले नियन्त्रण गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।