पानी ट्याङकी सफागर्ने क्रममा डुबेका व्यक्तिको उद्धार

काठमाडौँ, २९ असार
    काठमाडौँ महानगरपालिका–१६ म्हेपी स्थित उर्मिला महर्जनको घरको अण्डर ग्राउण्डमा रहेको पानी ट्याङकी सफा गर्ने क्रममा डुबेका उनका ३५ बर्षीय छोरा गोकुल महर्जन र गोरखा घर भई गंगबु गणेशस्थान बस्ने २७ बर्षीय बिशाल श्रेष्ठको स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले सकुशल उद्धार गरेको छ । उनीहरुलाई उपचारको लागि जनमैत्री अस्पताल बालाजुमा लगिएको छ ।