आगलागीबाट क्षति

काठमाडौं, ३० असार
    नुवाकोट : खडगभञ्ज्याङ–५ घर भएका बसन्तलाल श्रेष्ठले बिदुर नगरपालिका–७ स्थित टेक बहादुर मानन्धरको घरमा संचालन गरेको कपडा पसलमा बुधबार मोबाईलको चार्जरबाट बिजुली सर्ट भई आगलागी हुँदा करीब ७ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।
    जुम्ला : कनिका सुन्दरी गाबिस–७ बस्ने लालमणि सुनार र लोकमणी सुनारको तिनतले दुई वटा घरमा बुधबार सोलारको तार सर्ट भई आगलागी हुँदा करीब २१ लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।     स्थानीयबासीको सहयोगमा आगोलागी प्रहरीले नियन्त्रण गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।