कुटपिट गरी श्रीमती मार्ने पक्राउ
कंचनपुर, १८ साउन
कुटपिट गरी आफनै श्रीमतीलाई मारेको अभियोगमा बाईसेबिचुवा–७ अमर बस्ती बस्ने ३८ बर्षीय चन्द्र बहादुर ठकुल्ला लाई प्रहरीले पक्राउ गरेको छ । कुटपिटमा संलग्न ठकुल्लाका ३० बर्षीय भाई हरी ठकुल्लालाई समेत प्रहरीले पक्राउ गरेको छ ।
ठकुल्लाले सोमबार घरायसी बिबादमा ३५ बर्षीया श्रीमती लक्ष्मी देबी ठकुल्लालाई कुटपिट गर्दा गम्भीर घाइते भएकोले उपचारको लागि सेती अंचल अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

