आगलागीबाट क्षति
काठमाडौँ, १९ साउन
रोल्पा : जिनाबाङ–१ पूर्ण गाँउ बस्ने हरि घर्तिको घरमा मंगलबार आगलागी हुदाँ घर पूर्णरुपमा जलेर करीव ३ लाख ५० हजार रुपैयाँ बरावरको क्षति भएको छ ।
काठमाडौँ : शंखरापुर नगरपालिका–१० स्थित सडक खण्डमा पार्किङ गरी राखेको रेडियन्ट वोर्डिङ स्कुल ब्रम्हखेलको बा.१ क ५३७३ नम्बरको बसमा बुधबार लाईन सर्ट भई आगलागी हुदाँ बसको अगाडीको भाग शिसा, ड्यास, हुड लगायतको भाग जलेर क्षति भएको छ ।
सिरहा : लहान नगरपालिका–४ बस्ने बहिरूल खातुनको घरमा मंगलबार खाना पकाउने क्रममा ग्याँस लिक भई आगलागी हुदाँ नगद २९ हजार रुपैयाँ सहित करीव ९० हजार रुपैयाँ बरावरको धनमाल जलेर क्षती भएको छ ।
स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रण गर्नुको साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।

