मिनिट्रक दुर्घटनामा घाइते

रामेछाप, १९ साउन
     नागदह–७ स्थित सडक खण्डमा मन्थलीबाट धोबीडाँडातर्फ जाँदै गरेको बा.२ ख ११६८ नम्बरको मिनि ट्रक बुधबार विहान सडकबाट अंदाजी ३० मिटर तल खसेर दुर्घटना हुँदा सर्लाही बसन्तपुर–१ बस्ने ४३ बर्षीय रबिन्द्र ठाकुर सहित १० जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि मन्थलीतर्फ लगिएको छ । घाइतेहरु मध्य २ जनाको अवस्था गम्भीर रहेको छ । फरार चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।