मृत अवस्थामा फेला

काठमाडौँ, १९ साउन
    रौतहट : बगही फत्तेपुर–१ बस्ने रामपुकार सहनीको ६ बर्षीय छोरा गौतम कुमार सहनी मंगलबार सोही स्थानमा रहेको सोना ईट्टा भट्टा नजिकै रहेको खाल्डोमा रहेको पानीमा डुबेर मृत्यु भएको अवस्थामा फेला परेका छन् ।
    बझाङ : दहबगर–२ बस्ने २८ बर्षीया गोमा देबी बोहोरा मंगलबार सोही स्थानको संगार खोलामा मृत अवस्थामा फेला परेकी छिन् ।
    रुपन्देही : बुटवल उपमहानगरपालिका–१३ मझुवा स्थित खाली चौरमा मंगलबार रुकुम कोल–९ घर भई हाल बुटवल बजारमा काम गर्ने ३५ बर्षीय जिबन कुमार बि.क. मृत अवस्थामा फेला परेका छन् ।
    यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।