नदीले बगाएर मृत्यु तथा बेपत्ता

काठमाडौँ, १९ साउन
    जाजरकोट : नायकवाडा–४ गोठगाउँ बस्ने १२ बर्षीया सिर्जना सिंहको मंगलबार लालतडी खोलाको काठे पुलबाट खोलामा खसेर बगाउदा मृत्यु भएको छ ।
    सिन्धुपाल्चोक : साँगाचोक–४ बस्ने २० बर्षीय  निबेस पराजुली मंगलबार भिमटार–९ स्थित ईन्द्रावती नदीमा पौडी खेल्ने क्रममा नदिले बगाई बेपत्ता भएका छन् ।
    बेपत्ता उनीहरुको स्थानीय प्रहरीले खोजतलास गरिरहेको छ ।