लागू औषध सहित पक्राउ

काठमाडौँ, १९ साउन
    सिराहा : उदयपुर त्रियुगा नगरपालिका–२ बस्ने २३ बर्षीय रुजन खत्री र सोही नगरपालिका–८ बस्ने १७ बर्षीय आनन्द कार्कीलाई प्रहरी चौकी ठाडीबाट खटिएको प्रहरी टोलीले मंगलबार ईनरुवा–८ बाट लागू औषध नाईट्रोजन १० पत्ता, लुपिजेसिक  २० थान, पेन्टाल्याब २१ थान र फोर्टविन वाटर २० थान सहित पक्राउ गरेको छ ।
    ललितपुर : महालक्ष्मीस्थान नगरपालिका–१६ बस्ने २५ बर्षीय विक्रम गिरी, १९ बर्षीय  राजु श्रेष्ठ, २१ बर्षीय रविन सिलवाल र २० बर्षीय जित भोलनलाई प्रहरी प्रभाग ईमाडोलबाट खटिएको प्रहरी टोलीले मंगलबार लागू औषध गाँजा ४ सय ग्राम र Tramadat  नामक क्याप्सुल ५० वटा सहित पक्राउ गरेको छ ।
    काठमाडौँ : बुढानिलकण्ठ नगरपालिका–१२ ज्योती नगरबाट बाग्लुङ घर भई हाल चाबहिल बस्ने २१ बर्षीय विशाल कंडेल र सिन्धुपाल्चोक घर भई हाल चावहिल बस्ने  २० बर्षीय सविन गुरुङलाई प्रहरीले मंगलबार लागू औषध स्पोस्म ट्यावलेट ८ थान , जिकोप ट्याव्लेट ६ थान र चामाडोल Traphalex क्याप्सुल १२ थान सहित पक्राउ गरेको छ । उनीहरुलाई सोधपुछ गर्दा उक्त लागू औषध बिक्रि बितरणमा संलग्न सिन्धुपाल्चोक घर भई हाल  बुढानिलकण्ठ नगरपालिका–१२ बालुवाखानी डेरा गरी बस्ने २० बर्षीय सुरेन्द्र गुरुङ र भोजपुर घर भई आकाशे धारामा बस्ने २३ बर्षीया देवकी कार्की बस्नेत समेत भएको बताएपछि प्रहरीले उनीहरुलाई समेत पक्राउ गरेको छ ।
    यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।