चोरीको मोटरसाइकल सहित पक्राउ

काठमाडौँ, १९ साउन
    सिन्धुपाल्चोक नवलपुर–५ सिपाखोला घर भई हाल कागेश्वरी मनहरा नगरपालिका–१३ काँडाघारी खसीमोड बस्ने १९ बर्षीय राजु खरेललाई प्रहरीले चोरीको मोटरसाइकल सहित पक्राउ गरेको छ ।
     कागेश्वरी मनहरा नगरपालिका–१३ गान्धीमोड स्थित गुरुङ ग्यारेजमा मंगलबार खरेलले बा.५३ प ७२१३ नम्बरको मोटरसाइकल शंकास्पदरुपमा बनाइरहेको अवस्थामा प्रहरी प्रभाग काँडाघारीबाट गस्तीमा खटिएको टोलीले फेला पारी उक्त मोटरसाइकल सहित नियन्त्रणमा लिई सोधपुछ गर्दा विगत १ महिना अगाडी ललितपुरको जावलाखेलमा पार्किङमा राखेको बा. ५१ प २७१३ नम्बरको आर १५ मोटरसाइकल चोरी गरी बा.५३ प ७२१३ नम्बरको प्लेट राखी चलाएको भनि बताएका थिए ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धानको गरिरहेको छ ।