करेन्ट लागेर मृत्यु
काठमाडौं, १९ साउन
रुपन्देही : सैनामैना नगरपालिका–८ दुधराक्षस्थित कृष्ण भुषालको घरमा वाइरिङ गर्ने क्रममा बुधबार करेन्ट लागेर गम्भीर घाइते भएका पाल्पा भुवनपोखरी–९ बस्ने १८ वर्षीय लिला बमरेलको लुम्बीनी अंचल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
बारा : कलैया नगरपालिका–१७ बलिरामपुर बस्ने हरीबम पटेलकी १८ महिनाकी छोरी अर्चना पटेलको करेन्ट लागेर मृत्यु भएको छ । बुधबार आप्mनै घरमा करेन्ट लागेकी बालिकालाई उपचारको लागि बीरगंजतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो ।

