मृत अवस्थामा फेला

काठमाडौं, १९ साउन
    काभ्रेपलाञ्चोक : उग्रचण्डीनाला–४ बस्ने ६५ वर्षीय कृष्णबहादुर पोडे बनेपा–६ स्थित के.पी. पोलिक्लिनिकको ट्वाइलेटमा बुधबार मृत फेला परेका छन् । बिरामी भई उपचारको लागि उक्त पोलिक्लिनिक पुगेर नाम दर्ता गर्नु अगावै ट्वाईलेट गएका उनी नफर्केपछि भेन्टिलेसनबाट हेर्दा मृत अवस्थामा फेला परेका थिए ।
    तनहुँ : आबुखैरेनी नगरपालिका–७ ऐनापहरास्थित मस्र्याङदी नदीको बगरमा हाल नाम, थर, वतन नखुलेकी  करीव ३५ वर्षीया महिलाको शव बुधबार फेला परेको छ ।