घरेलु मदिरा नष्ट गरिएको
ललितपुर, १९ साउन
कार्यबिनायक नगरपालिका–२ फुलबारी मार्ग नख्खु, करिडोरस्थित अवैध घरेलु मदिरा उत्पादन गरी बिक्री बितरण गर्ने कार्यमा संलग्न ५ जनालाई महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले बुधबार नियन्त्रणमा लिएको छ ।
साथै उक्त ठाउँमा रहेको ५ हजार ५ सय २७ लिटर अवैध घरेलु मदिरा प्रहरीले नष्ट गर्नुका साथै ८० लिटर मदिरा बरामद गरी आवश्यक कारबाहीको लागि आन्तरिक राजस्व कार्यालय, हरिहर भवन पुल्चोक पठाएको छ । अबैध घरेलु मदिरा बनाउने ड्रम ३८ थान, तामाको भाडा ३ थान, सिलभरको भाडा १८ थान, माटोको भाडा ८ थान, बाल्टिन ३ थान र ग्यालीन ९ थान लगायत मदिरा बनाउने कच्चा पदार्थ समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

