श्रीमतीलाई चक्कु प्रहार गरी घाइते बनाउने पक्राउ

चितवन, १९ साउन
    आफ्नै श्रीमतीलाई चक्कु प्रहार गरी घाइते बनाउने कालिका नगरपालिका–११ स्थित ससुराली घरमा बस्दै गरेका २८ वर्षीय राजकुमार घर्तीलाई प्रहरीले पक्राउ गरेको छ ।
    घर्तीले मादक पदार्थ सेवन गरी उनकै श्रीमती ३२ वर्षीया लक्ष्मी कुमाललाई बुधबार चक्कु प्रहार गर्दा घाइते भएकोले उपचारको लागि भरतपुरतर्फ पठाइएको र अवस्था गम्भीर रहेको छ ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।