अवैध लागूऔषध सहित पक्राउ

मोरङ, १९ साउन
    विराटनगर–२१ हुलास मेटल चोकबाट भारतदेखि नेपालतर्फ पैदल आउदै गरेका सुनसरी धरान–२२ बस्ने १७ वर्षीय दिपेन्द्र गिरीलाई अवैध लागूऔषध टिटि ७५ सेट, डाइजोल्याप ७५ एम्पुल, एभिल ७५ एम्पुल, लुपिजेसीक ७५ एम्पुलसहित बुधबार सशस्त्र प्रहरी बल रानीको टोलीले पक्राउ गरी ईलाका प्रहरी कार्यालय रानीमा बुझाएको छ ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।