क्यामेरा जडित ड्रोन सहित २ बिदेशी नागरिक पक्राउ

ललितपुर, १९ साउन
    ललितपुर उपमहानगरपालिका–४ धोवीघाटस्थित उडाइरहेको अवस्थामा क्यामरा जडित १ थान ड्रोनसहित  रसियन नागरिक चुपिन अलेक्जाण्डर र काजकिस्तान नागरिक नुसुपोभ अलेक्जाण्डरलाई महानगरीय प्रहरी प्रभाग सानेपाको गस्ती टोलीले बुधबार पक्राउ गरेको छ ।
    उनीहरुलाई सम्वन्धित निकायमा पठाउन पहल भइरहेको छ ।