बालुवा चोरी कार्यमा संलग्न गाडी तथा चालक पक्राउ

काठमाडौं, १९ साउन
    काठमाडौं महानगरपालिका–३५ छाप्रोस्थित मनहराखोला किनारमा अबैध रुपमा बालुवा चोरी पैठारी गर्न लागेको अवस्थामा बा.१ ख २६९ नम्बरको मिनि ट्रक र चालकलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
    यसैगरी महानगरीय प्रहरी प्रभाग काँडाघारीको क्षेत्रबाट साउन १ देखि हालसम्म अवैध रुपमा वालुवा चोरी पैठारीमा प्रयोग भएका वा.१ ख ७८२०, वा.२ ख ८१३९, ना.अ.अ. १९४, वा.३ ख ९२३१, वा.२ ख ८१२१ र वा.१ ख २६९ नम्बरको गाडी उक्त प्रभागको प्रहरीले नियन्त्रणमा लिएको छ ।
    गाडी तथा चालकलाई आवशयक अनुसन्धानको लागि प्रहरीले जिल्ला विकास कार्यालय ववरमहल काठमाडौं पठाएको छ ।