जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा पक्राउ

झापा, १९ साउन
    शान्तिनगर–१ बस्ने ११ वर्षीया बालिकालाई साउन ४ गते जबरजस्ती करणी पश्चात छुरा प्रहार गरी हत्या गरेको अभियोगमा झापाका विभिन्न स्थानमा ज्याला मजदुरी गरी बस्ने मेची नगरपालिका–३ का ३० वर्षीय राजकुमार राजबंशीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
    बुधबारे गाबिस–५ स्थित मामाघर बिदा मनाउन गएको अवस्थामा बालिकाको हत्या भएको सम्बन्धमा प्रारम्भिक अनुसन्धानबाट राजबंशीको संलग्नता देखिएपछि खोजी गर्ने क्रममा कन्चनपुर भिमदत्त नगरपालिका–११ महेन्द्रनगर गड्डाचौकी क्षेत्रबाट उनलाई प्रहरीले पक्राउ गरेको हो ।
    यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।