प्रहरी कर्मचारीहरुको निःशुल्क स्वास्थ्य परीक्षण

काठमाडौँ, १९ साउन
    सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, नक्सालको आयोजना तथा काठमाडौँ किड्नी एण्ड डाइबेटिज सेन्टर, नारायणचौर नक्सालको सहयोगमा महानगरीय प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूको  बुधबार महानगरीय प्रहरी कार्यलयमा निःशुल्क मिर्गौला तथा मधुमेहको परीक्षण गरिएको छ ।
    सो अवसरमा प्रहरी आयुक्त, अतिरिक्त आयुक्त, सिनियर तथा जुनियर प्रहरी अधिकृतहरु तथा जवान गरी २ सय ४९ जनाको विशेषज्ञ चिकित्सकद्वारा निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो ।